७ आश्विन २०८३, बुधबार | September 23, 2026

पर्यटक लोभ्याउँदै गुफापोखरी



तेह्रथुम । पूर्वको टिएमजे (तिनजुरे, मिल्के र जलजले) क्षेत्रमा रहेको गुफा पोखरी पर्यटकिय रूपमा कहलिएको गन्तव्य हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको पोखरी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको छ ।

आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छायाँ प्रतिबिम्बित हुने सुन्दर पोखरी । यही पोखरीमा दैनिक सयौँ पर्यटकहरू रमाई रहेका हुन्छन् । सानो र चिटिक्कै परेको गुफा बजार । यही बजारको नजिकै रहेको गुफापोखरीले पर्यटकहरूको मनै लोभ्याउने गरको छ । खास गरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको भिड नै लाग्ने गर्छ । जाडो सिजन सुरू भएसँगै हिउँ पर्न थालेपछि हिउँ खेल्ने पर्यटकहरूले यो पोखरी र आसपासका क्षेत्र सयौँको संख्यामा रमाइरहेका हुन्छन ।

गुराँसको राजधानी तिनजुरे, मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वकै एक परिचित पर्यटकीय गन्तव्यको रूपमा चिनिने गर्छ । समुद्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी निकै मनमोहक देखिने गर्दछ । पोखरीभन्दा केही पर रहेको मेन्छयायेम डाँडा पछाडि गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयहरुले बताउने गरेका छन् ।

प्राकृतिक सुन्दरताले नै पर्यटकहरूलाई आकर्षण गर्ने गरेको स्थानीय फुजुङ सेर्पाले बताए । ‘यहाँ वर्षभरि पर्यटक आउँछन् । मेन्छ्यायेम डाँडा र पोखरीमा रमाएर प्रफुल्लित हुँदै फर्किन्छन्’, उनले भने, ‘कोरोनाले गर्दा पर्यटकहरूको चाप घटेको थियो । कोरोना कम भएपछि पर्यटक आउन सुरु भएको छ । ’

तेह्रथुमको वसन्तपुर बजारदेखि सुरु भएका दर्जनौँ पर्यटकीय गन्तव्यहरुले पर्यटकहरुलाई आकर्षण गर्दै आएको छ । आरआर गार्डेन,पाथीभरा मन्दिर, तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी, गुफाबजार, मेन्छ्यायेम डाडाका साथै प्राकृतिक सुन्दरताहरूले मनै लाभ्याउने गरेका छन् ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई