४ पुस २०८२, शुक्रबार | December 20, 2025

खाजा कार्यक्रम प्रभावकारी बनाउन ४२ विद्यालयलाई चुलो र ग्यास प्रदान



तेह्रथुम । सरकारले विद्यार्थीलाई दिँदै आएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन तेह्रथुमको छथर गाउँपालिकाले विद्यालयलाई चुलो र ग्याँस प्रदान गरेको छ । गाउँपालिकामा रहेको ४२ वटै विद्यालयलाई एक थान चुलो र एक थान ग्यास सिलिन्डर प्रदान गरिएको हो ।

दिवा खाजा कार्यक्रम अन्तर्गत यसअघि विद्यार्थीलाई हाजिरीको आधारमा नगद नै दिँदै आएकामा अब विद्यालयमै खाजा पकाएर खुवाइने भएको हो । विद्यार्थीले चाउचाउ,चटपटे लगायत खाने र त्यसले स्वास्थ्यमा असर गर्ने भन्दै सरकार नयाँ नीति ल्याएको हो ।

विद्यालयमा कार्यक्रम लागू गर्न सहज बनाउन स्थानीय सरकारले सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए । बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले बालकक्षामा अध्ययनरतलाई मनोरञ्जनसँगै बिद्यालय जान प्रेरित गर्न यसअघि ुएक विद्यालय एक टेलिभिजन कार्यक्रमु थालनी गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

विद्यालयमै खाजा भएपछि अभिभावकलाई सहज भएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको