२१ चैत्र २०८२, शनिबार | April 4, 2026

खाजा कार्यक्रम प्रभावकारी बनाउन ४२ विद्यालयलाई चुलो र ग्यास प्रदान



तेह्रथुम । सरकारले विद्यार्थीलाई दिँदै आएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन तेह्रथुमको छथर गाउँपालिकाले विद्यालयलाई चुलो र ग्याँस प्रदान गरेको छ । गाउँपालिकामा रहेको ४२ वटै विद्यालयलाई एक थान चुलो र एक थान ग्यास सिलिन्डर प्रदान गरिएको हो ।

दिवा खाजा कार्यक्रम अन्तर्गत यसअघि विद्यार्थीलाई हाजिरीको आधारमा नगद नै दिँदै आएकामा अब विद्यालयमै खाजा पकाएर खुवाइने भएको हो । विद्यार्थीले चाउचाउ,चटपटे लगायत खाने र त्यसले स्वास्थ्यमा असर गर्ने भन्दै सरकार नयाँ नीति ल्याएको हो ।

विद्यालयमा कार्यक्रम लागू गर्न सहज बनाउन स्थानीय सरकारले सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए । बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले बालकक्षामा अध्ययनरतलाई मनोरञ्जनसँगै बिद्यालय जान प्रेरित गर्न यसअघि ुएक विद्यालय एक टेलिभिजन कार्यक्रमु थालनी गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

विद्यालयमै खाजा भएपछि अभिभावकलाई सहज भएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : १६ बजे

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी