२६ बैशाख २०८१, बुधबार | May 8, 2024

स्थानीय तहको चुनावका लागि दुई वटा मिति प्रस्ताव, आगामी वैशाखभित्रै सक्ने आयोगको लक्ष्य



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ ।

२०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो ।

यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए । ‘निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ’, उनले भने, ‘यसमा क्याविनेटले डिसिजन गर्छ ।’

आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।

त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २०र२२ गते नै गर्न सकिने भनिएको छ । कम्तिमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ ।

‘वैशाखको १२ र २२ गतेको बीचमा सक्नेगरी अगाडि बढेका छौं’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ४५ बजे

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय