८ बैशाख २०८१, शनिबार | April 20, 2024

क्रिसमस डेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण, दुई दिन सार्वजनिक विदा दिन माग



काठमाडौं । इसाई धर्मका संस्थापक येशु ख्रीस्ट जन्मेको दिनको सम्झनामा मनाइने क्रिसमस डे मा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

क्रिसमस डेका अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले भोलि शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको क्रिसमस विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरेको हो ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री, राष्ट्रपति र अन्य विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको अध्यक्ष सिबी गहतराजले बताए ।

गहतराजले क्रिसमसमा दुई दिन सार्बजनिक बिदा दिन माग गरे । २०६३ सालदेखि क्रिसमसको सार्वजनिक विदा पाइएपनि कहिले पाउने र कहिले नपाउने गर्दा अत्यन्तै दुःख लागेको सुनाए ।

अर्को वर्ष विश्वकै सबैभन्दा अग्लो धरहरा भन्दा क्रिसमस-ट्री बनाउने अध्यक्ष गहतराजको भनाइ छ ।  महासंघकी सहअध्यक्ष रिता थापाले क्रिसमस-ट्री प्रयोग गर्नुको कारण हरियालीको लागि भएको बताइन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ४१ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा