७ आश्विन २०८३, बुधबार | September 23, 2026

क्रिसमस डेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण, दुई दिन सार्वजनिक विदा दिन माग



काठमाडौं । इसाई धर्मका संस्थापक येशु ख्रीस्ट जन्मेको दिनको सम्झनामा मनाइने क्रिसमस डे मा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

क्रिसमस डेका अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले भोलि शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको क्रिसमस विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरेको हो ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री, राष्ट्रपति र अन्य विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको अध्यक्ष सिबी गहतराजले बताए ।

गहतराजले क्रिसमसमा दुई दिन सार्बजनिक बिदा दिन माग गरे । २०६३ सालदेखि क्रिसमसको सार्वजनिक विदा पाइएपनि कहिले पाउने र कहिले नपाउने गर्दा अत्यन्तै दुःख लागेको सुनाए ।

अर्को वर्ष विश्वकै सबैभन्दा अग्लो धरहरा भन्दा क्रिसमस-ट्री बनाउने अध्यक्ष गहतराजको भनाइ छ ।  महासंघकी सहअध्यक्ष रिता थापाले क्रिसमस-ट्री प्रयोग गर्नुको कारण हरियालीको लागि भएको बताइन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई