४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

गणतन्त्र सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेद निरुपण हुनुपर्छ : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छिन् ।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरुबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताएकी हुन् ।

भण्डारीले राष्ट्रियताको मर्मलाई सबैले आत्मासात् गर्नुपर्ने पनि बताइन । संविधानले प्रत्याभूत गरेका अधिकारहरुको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने बताउँदै उनले भनिन, ‘राजनीतिक दलहरुबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्दै गणतन्त्रलाई तदनुरुपको आचरणद्वारा राम्रो जीवनशैलीमा रुपान्तरण गर्न आवश्यक छ । समाजको अग्रगामी परिवर्तनका लागि जनताको जीवनस्तर उठाउन आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले अर्बौं रुपैयाको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन ।

उनले सामाजिक न्यायसहितको समृद्धिलाई लक्ष्य बनाउनुपर्ने धारणा राखिन । किसान, मजदुर र श्रमजीवि जनताको मुहारमा हाँसो र जीवनमा सकारात्मक परिवर्तन आए मात्रै प्राप्त गरेको राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने राष्ट्रपति भण्डारीको भनाई थियो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशी, डा. मिना आचार्य, प्राज्ञ गोपिरमण उपाध्याय, प्रा.डा. राजेश गौतम, प्रा.डा. सुरेन्द्र केसी लगायतलाई सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : ४९ बजे

सेना दिवसमा अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं ।। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर

सेतोपाटीमाथि कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं. ३ को निर्वाचन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट