१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

यातायातमा पहिलो चौमासिकमा ७ हजार बढिलाई सवारी लाईसेन्स वितरण



बुटवल । सवारी चालक अमुमती पत्र (लाईसेन्स) कार्यालय बुटवलले चालु आर्थिक बर्षको पहिलो चौमासिकका ७ हजार बढिलाई सवारीचालक अनुमती पत्र प्रदान गर्न सफल भएको छ । केही समय देखि बुटवलमा नै अस्थायी प्रकृतिको परिक्षणकालिन सवारीचालक अनुमती पत्र प्रदान गर्दै आएको कार्यालयले मंसिर महिना सम्ममा ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमती पत्र प्रदान गर्न सफल भएको हो ।

यातायात कार्यालय (लाईसेन्स) का प्रमुख तेज नारायण यादवले चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा उक्त कार्यालयले २२ हजार ४ सय १६ जनाको सवारीचालक अनुमती पत्रको बयोमेट्रिक दर्ता गरिएको जानकारी दिए । यस्तै सोही अवधिमा १७ हजार ६ सय ६३ जनाको सवारी चालक अनमुती पत्र नविकरण गरिएको तथा ८ सय ४५ जनाको नविकरण र प्रतिलिपि प्रदान गरिएको यादवले बताए । कार्यालय प्रमुख यादवका अनुसार ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमती पत्र समेत जारी गरिएको छ ।

कार्यालयले २० हजार ३७ वटा थप वर्ग सहितको सवारीचालक अनुमती पत्र जारी गरेको कार्यालयले जनाएको छ । यस्तै २७ हजार २ सय ४६ जनाको लिखित परिक्षा लिइएकोमा हाल सम्म २५ हजार ८ सय ५० जनाको ट्रायल समेत लिईसकिएको कार्यालय प्रमुख यादवले दाबी गरे ।

यातायत कार्यालय बुटवलमा ३० हजार भन्दा बढि सवारी चालक अनुमती पत्र प्रीन्ट भएर विभागबाट आएको भएपनि सम्बन्धीत व्याक्तिहरु समक्ष जानकारी नहुँदा कार्यालय मै थन्कीएर बसेको थिए । कार्यालय प्रमुख यादवले एक जना कर्मचारी व्यवस्थापन गरेर सम्बन्धीत सेवाग्राहीको फोन नम्बरमा सम्पर्क गरी लाईसेन्स लिन आउनको लागि खबर गर्ने गरेको बताए । ‘३० हजार भन्दा बढि प्रिन्ट भएर बसेका थिए, हामी यहीबाट कल गरेर लिन आउने भनेका छौ, दैनिक ५ सय जनालाई कल जान्छ, अहिले जम्मा ६ हजार यस्तै बाँकी होलान् । ’उनले भने ।

हाल कार्यालयले नयाँ वर्गको तर्फ प्रयोगात्मक परिक्षामा उतिर्ण भएकाहरुको लागि राजश्व दाखिला गरेकै दिन परिक्षणकालिन लाईसेन्स वितरण गर्दै आएको छ । यस्तै ३ बर्ष देखि स्मार्ट लाइसेन्स कार्ड पिन्ट नभएको भनिएका छुट भएकाहरुको छुट्टै लिष्ट तयार गरी विभागमा पठाउने तयारी समेत गरेको छ । सेवा ग्राहीहरुको मागलाई मध्यनजर गर्दै विहान ८ बजे देखि नै बायोमेट्रिकको दर्ता हुने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ०८ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत