१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

महिला टोलीले बंगलादेश र पुरुषले श्रीलंकासँग खेल्दै



काठमाडौं । एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आज (शनिबार) नेपाली महिला टोलीले आयोजक बंगलादेश तथा पुरुषले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा महिलातर्फ नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन् ।

प्रतियोगितामा लगातार जित निकालेको महिला टोली घरेलु टोलीविरुद्व सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । खेल बिहान सवा ९ मा हुनेछ ।

बिहीबार आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्व ३-२ को कठिन जित निकालेको साविक विजेता नेपालले शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।

सन् २०१९ मा बंगलादेशमा नै भएको यसै प्रतियोगिताको पहिलो संस्करणमा महिला टोलीले अपराजित रहँदै फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो । त्यसबेला टोलीले मुख्य प्रशिक्षक जगदीश भट्टकै प्रशिक्षणमा ऐतिहासिक सफलता हात पारेको थियो ।

पुरुषतर्फको दोस्रो खेलमा श्रीलंकाविरुद्व नेपाल जितको खोजीमा कोर्टमा उत्रिनेछन् । प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेको पुरुष टोलीले एक जित र एक हार बेहोरेको छ । खेल पौने ६ मा हुनेछ ।

पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ को शानदार जित निकालेको थियो ।

प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र माल्दिभ्स तथा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानको सहभागिता छ ।

राउन्ड रोबिन पद्दतिको आधारमा जारी खेलको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आगामी मंगलबार हुनेछ ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ५८ बजे

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३