१० बैशाख २०८३, बिहिबार | April 23, 2026

पेट्रोलियम व्यवसायीहरुको स्वागत सम्मान थाप्दै नापतौल हाकिमले भने -‘व्यवसायीहरुलाई दुःख दिन्न’



बुटवल । सबैभन्दा बढी नापतौल तथा गुणस्तरमा गुनासो आउने गरेको पेट्रोलियम व्यवसायीहरुको सम्मान थाप्दै नापतौल तथा गुणस्तर कार्यालय बुटवलमा आएका नयाँ कार्यालय प्रमुख शम्भु कुमार झाले ब्यवसायीहरुलाई कुनै दुःख नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । क्षेत्रीय प्रमुखकारुपमा सरुवा भएर बुटवल आए लगत्तै पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एशोसिएसनको सम्मान र स्वागत थाप्दै प्रमुख झाले व्यवसायीहरुको कुनै गुनासो नआउने गरि आफुले काम गर्ने बताएका हुन् । बिराटनगरबाट सरुवा भई हालै बुटवल आएका प्रमुख झालाई शनिबार एशोसियसनले स्वागत तथा सम्मान गरेको छ ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख झाले पेट्रोलियम बयवसाय संचालन गर्न जति सहज छ त्यो भन्दा बढि जोखिम र सम्बेदनशिल भएकाले नियतवस गल्ती कमजोरी नगर्न ब्यवसायीहरुलाई आग्रह गरे । उनले ब्यवसायी मैत्री वातावरण निर्माण गरेर काम गर्ने भन्दै ब्यवसायीहरुले पनि नियम कानुनको पालना गर्दै उपभोक्ता मैत्री वातावरण वनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले प्राविधिक रुपमा हुने कमी कमजोरीलाई लिएर ब्यवसायीहरुलाई कारवाही गर्न नहुने बताए । एशोसिएसनमा तीन सय बढि ब्यवसायी आवद्ध रहेका भन्दै अध्यक्ष न्यौपानेले बेलाबेलामा एशोसिएसनले पनि नापतौल, इन्धनको पुरा परिमाण र मेशिनमा आउन सक्ने समस्याका बारेमा ब्यवसायीहरुलाई सचेत गराउंदै आएको जानकारी दिए । नापतौल कार्यालयको आधिकारिक प्राविधिक नहुंदा पम्पको मेशिन विग्रेमा वनाउन समस्या हुने गरेको भन्दै उनले सेवा सुचारु गर्न भारतीय प्राविधिकबाट काम लिनु पर्ने बाध्यता रहेको बताए ।

कार्यक्रममा एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, महासचिव हरिराम कसौधन, ब्यवसायीहरु राजु न्यौपाने, ढुण्डिराज अधिकारी, डांसिराम अधिकारी, गोपाल बस्याललगायतले नेपाल आयल निगमबाट ट्यांकरमा आउने ईन्धनको परिमाण कम हुने गरेको भन्दै चेक जांचमा कडाई गर्न आग्रह गरेका थिए ।

चार हजार लिटर पेट्रोल खरिद गर्दा ४० लिटर र डिजलमा ७० लिटरसम्म कम आउने गरेको भन्दै ब्यवसायीहरुले नापतौल तथा गुणस्तर कार्यालयले यस्ता ट्याँकर चेकिङ गरेर ब्यवसायीले पुरा परिमाणमा ईन्धन पाउने वातावरण निर्माण गर्न आग्रह गरेका थिए । उनीहरुले भारतमा हुंदै आएको ट्याँकरको क्यालिब्रेसन (ट्यांकरमा कति तेल अटाउंछ भनेर गरिने नाप) नेपालमै गर्ने वातावरण निर्माणका लागि नेपाल आयल निगमसंग समन्वय गर्न पनि कार्यालय प्रमुख झा संग आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ३ : ११ बजे

सरकारद्वारा राष्ट्रपतिसमक्ष संसद् अधिवेशन स्थगनको सिफारिस, नयाँ मिति अनिश्चित

काठमाडौं । सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

वीरगञ्ज । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा