१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बर्दियामा एक वर्षमा बालिका सहित ५३ जना महिला बलात्कृत



बर्दिया । बर्दियामा एक वर्षमा बालिका सहित ५३ जना महिलाहरु बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२१ को जनवरी देखि डिसेम्बर सम्म जिल्लामा ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको हो ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाले नेपाल मानवअधिकार वर्ष पुस्तकको सम्पादन पूर्व समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो । बर्दिया जिल्लामा एक बर्षमा ३५ जना १८ बर्ष मुनिका बालिकामा बलात्कार र बलात्कारको प्रयास भएको तथ्याङ्कमा उल्लेखीत छ । त्यसैगरी १८ बर्ष भन्दा माथिका १८ जना महिलाहरु माथि बलात्कार भएको इन्सेक बर्दियाले जनाएको छ । गत बर्ष (सन् २०२०) को तुलनामा बलात्कारका घटनामा बृद्धि भएको हो । गत बर्षको तथ्याङ्कमा २६ जना बालिका माथि बलात्कार भएको थियो । भने १५ जना महिला बलात्कारको सिकार भएका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानवबहादुर चौधरीले सन २०२१ जनवरी देखि डिसेम्बरसम्म बर्दिया जिल्लामा घटेका मानवअधिकारसंग सम्बन्धीत घटना प्रस्तुत गरेका थिए । प्रस्तुत घटनाहरुमा महिला माथि दुरब्यवहार ३, बालविवाह ३, बहुविवाह १५, जातिय छुवाछुत २, बोक्सीको आरोप २, आत्महत्या दुरुत्साहन २, बालिका वेपत्ता १ गरी ८२ वटा घटनाको विवरण सार्वजनिक गरेका थिए । गत बर्ष (सन् २०२०मा ) ७० वटा मानवअधिकार उल्लघंनका घटना सार्वजनिक गरीएको थियो । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तकको रुपमा पुस्तक प्रकाशन गर्दै आएको छ ।

कार्यक्रमका सहभागीहरुले प्रहरीमा मुद्दा दर्ता नभएका घटनाहरुको पनि इन्सेकले खोजविन गरी अभिलेखिकरण गर्नुपर्ने सुझाव दिएका छन् । अझै पनि समाजमा जघन्य अपराधलाई ढाकछोप गर्ने र समुदाय मै मिलाउने गरीएको भेटिने गरेको उनीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी रहेको बताउँदै सोही अनुसार काम गर्दै आएको बताए । उनले मानिसलाई मानिस भएर बाँच्नलाई अबरोध गरिरहेको विषयलाई पनि इन्सेकले गम्भिरतापुर्वक उठाउनु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले प्रहरी जहिले पीडितको पक्षमा प्रेसरमा नरही स्वतन्त्र रुपमा काम गर्दै आएको बताए । उनले नेपाल प्रहरी समक्ष आएका घटना दवाव र प्रभाव भन्दा माथि उठेर कानुन अनुसार काम गर्दै आएको बताए ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : २३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’