७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पाँच निर्णय गर्दै कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न



काठमाडौं । नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको पहिला बैठक पाँचवटा निर्णय गर्दै सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको पार्टीका महामन्त्री गगन थापाले बताएका छन् ।

बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री थापाले बैठकले पाँचवटा निर्णय भएको जानकारी दिए । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको थापाले जानकारी दिए ।

महामन्त्री थापाका अनुसार पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने, राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ३६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल