१० बैशाख २०८३, बिहिबार | April 23, 2026

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन : ११ औं महाधिवेशनबाट ५ बुदे प्रस्ताव पारित



बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको शनिबार बुटवलमा सम्पन्न ११ राष्ट्रिय महाधिवेशनले भीमज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।

उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र राम कुमार ढुंगाना सहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।

महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । कोराना महामारीले यातायात क्षेत्र धरासाही बनेको बन्दै राज्यले सार्वजनिक यातायात क्षेत्रको पुनःस्थापना गर्न संगठनले माग गरेको छ । संगठनका नवनिर्वाचित अध्यक्ष भीम ज्वाला राईले लगानीकर्ता र श्रमिकको लागि विशेष प्याकेज सहितको यातायात पुनःस्थापना योजना ल्याउनुपर्ने बताए ।

‘राज्यले पुर्नकर्जा त, ल्याायो’ राईले भने, ‘त्यो प्रयाप्त भएन । अब सामाजिक सुरक्षा सहितको प्याकेज ल्याएर पुनःस्थापना गर्नुपर्छ ।’ राईले थपे, ‘राज्यले अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण बनाएर यातायात क्षेत्रका तमाम समस्या समाधान गरिनुपर्छ । अहिलेको राज्यको प्रणालीले सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सक्दैन ।’ राज्यले यातायात मजदुरलाई दोस्रो दर्जाको नागरिक बनाएको मजदुरहरूको गुनासो छ ।

श्रमिकको पुनस्थापना र सुरक्षा, सडक दुर्घटना र सचेतना, दुर्घटनापछिको उपचारमा पहुँच, दुर्घटना र श्रमिकको सरोकार, कानूनी झमेला र सास्ती र यातायाता प्राधिकरण हाम्रो अभियानको प्रस्ताव महाधिवेशनले पारित गरेको महासचिव केशव थापाले बताए । ‘देशभर ११ लाख यातायात मजदुर कोरोना लगायत विभिन्न कारणबाट प्रभावित भए’ थापाले भने, ‘दुई लाख श्रमिक पेशाबाट विस्थापित भए । रोजागरी, अधिकार, संरक्षण र संम्बादको आधारभूत कुराबाट विमुख बनेका छन । त्यसैले राज्यबाट पुनस्थापना र व्यवस्थापनको खाचो छ ।’

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : २५ बजे

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

वीरगञ्ज । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने