१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पोखरा केवलकारको सफल परीक्षण, अंग्रेजी नयाँ वर्षदेखि खुला हुने



पोखरा । पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अंग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ । अन्तराष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछिमात्र व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । लोड परीक्षण करिव सकिएको कम्पनीले जनाएको छ ।

२.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर छन् भने एउटा सामान बोक्नेसहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले ८ जना यात्रु ओसार्न सक्छ । केबलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढीले रोजगारी पाउने छन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । केबलकारमा यात्रा गर्दा एकैपटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइनेछ । केबलकार निर्माणमा २ अर्बभन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

केवलकारमा चढ्दा नेपालीहरुले दोहोरो शुल्क ६ सय रुपैयाँ तिर्नुपर्छ भने स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिकलगायतका लागि विशेष छुट दिइने त्रिपाठीले बताए । उनकाअनुसार विदेशीले यही केवलकारमा ७ सय र ८ सय रुपैयाँ भाडा तिर्नुपर्छ । एसियन नागरिकलाई ७ सय र अन्य मुलुककालाई ८ सय रुपैयाँ तोकिएको हो । ४ वर्ष अघिदेखि केबलकार निर्माण सुरु भएको थियो । केबलकारमा युवा व्यवसायी कालु गुरुङसहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : २८ बजे

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले