३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

यु-१९ एसिया कप: नेपाल टस हारेर फिल्डिङमा



काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ ।

यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।

यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो ।

नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ ।

नेपाली टिम

देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : ५९ बजे

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको