३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।

आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेका छन । उनले भने, “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला ।” उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ८ : ५८ बजे

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको