६ बैशाख २०८१, बिहिबार | April 18, 2024

नेपाली काँग्रेस पार्टी निर्वाचन आयाेगमा अध्यावधिक, राष्ट्रियसभामा चुनावमा भाग लिन बाटाे खुल्याे



काठमाडाैं । सत्तारुढ नेपाली काँग्रेसले आफ्नो कानुनी बैधानिकताको क्रम पुरा गरेको छ । भदौ १८ गते वडा अधिवेशनबाट सुरु भएको बैधानिक प्रक्रियालाई मंसिर अन्तिममा महाधिवेशन मार्फत सम्पन्न गरेर काँग्रेसले पार्टीको वैधानिकताको क्रमलाई पुरा गरेको हो । महाधिवेशनलाई निर्वाचन आयोगले बैधानिकता दिँदै पार्टी अध्यावधिक गरेपछि कांग्रेस पार्टीको बैधानिकता पनि जोगिएको छ ।

०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । निर्धारित समयमा महाधिवेशन नगरेर पटक–पटक सारिँदा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो ।

काँग्रेसकै नेताहरुले पार्टीको वैधानिकताको बारेमा चिन्ता ब्यक्त गरेका थिए । तर भदौमा वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियामा प्रवेश गरेपछि निर्वाचन आयोगले काँग्रेसलाइ सहुलियत दिएको थियो । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० मा दल दर्ता गर्नुपर्ने भएपछि भने काँग्रेसमाथि महाधिवेशन गर्नै पर्ने दबाब बढेको थियो ।

संविधानको धारा २ सय ७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि निर्वाचन आयोगमा दल दर्ताको गर्नुपर्ने व्यवस्था छ । अहिले निर्वाचन आयोगमा ९६ वटा राजनीतिक दल दर्ता छन् । निर्वाचन आयोगमा दर्ता भएका सबै दलले निर्वाचनमा माग लिने ग्यारेन्टी नभएकाले निर्वाचनअघि दल दर्ताको सूचना निकाल्ने निर्वाचन आयोगको नियमावलीमा उल्लेख छ ।

संविधानको धारा २६९ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम दल दर्ता गर्न भने बमोजिम काँग्रेसले महाधिवेशन सम्पन्न गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

काँग्रेसले शनिबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक राखेर सोही दिन साढे ३ बजे निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको थियो । दल दर्तासँगै काँग्रेसलाई आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा भाग लिने बाटो खुलेको छ ।

बैठकले उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको छ । केन्द्रीय समितिको बैठकको निर्णय अनुसार दल दर्ताका लागि काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय केशव रिजाल र प्रकाश शर्मा निर्वाचन आयोग पुगेका थिए । पौडेलका अनुसार दल दर्ताका लागि केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको विवरण आयोगमा बुझाइएको छ ।

‘केन्द्रीय कार्यससमिति, ६ प्रदेश कार्यसमितिको विवरण हामीले निर्वाचन आयोगमा बुझाएका छौं, पौडेलले भने, – ‘प्रदेश दुईको भने पदाधिकारी र निर्विरोध निर्वाचित सदस्यको सूची बुझाएका छौं ।’ प्रदेश २ मा प्रदेश सदस्यको मतगणना जारी रहेकाले सदस्यको सूची बुझाउन नसकिएको उनको भनाइ छ । निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिका लागि वार्षिक लेखापरीक्षण प्रतिवेदन पनि बुझाइएको उनले बताए ।

उनले भने, ‘नेपाली काँग्रेसले नेपालको संविधानअनुसार जे जे गर्ने त्यो सबै पुरा गरेर निर्वाचन आयोगमा सबै बुझाएको छ ।’ पार्टीको संशोधित विधान, बार्षिक लेखापरीक्षणको प्रतिवेदन र संघी र प्रदेश ९समावेशी० कार्यसमितिको नयाँ सूची काँग्रेसले आयोगमा बुझाएको हो ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ४१ बजे

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज

गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक