१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

बुटवलमा सैनिक अस्पताल र विद्यालय बन्ने



बुटवल । बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय भवन बन्ने भएको छ । सैनिक कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र सैनिक आवासीय महाविद्यालय र २२ नम्बर बाहिनी अड्डा योगिकुटी ब्यारेकभित्र सैनिक अस्पताल निर्माण गर्न लागिएको हो ।

विद्यालय भवन र सैनिक अस्पतालको आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन् । त्यस अवसरमा प्रधानसेनापति शर्माले सैनिक ब्यारेक क्षेत्रभित्र बन्ने अस्पताल र विद्यालयले नेपाली सेनाका बालबालिकाको शिक्षा दीक्षा र सैनिकहरूको उपचारमा सहजता हुने बताए ।

कार्यक्रमका अवसरमा प्रधानसेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटवार्ता गरेका थिए । बुटवल उपमहानगरपालिका–१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत प्रधान सेनापति शर्माले अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा प्रधानसेनापति शर्मालाई श्री गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुनःनिर्माण कार्य सम्बन्धी गुरुयोजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय इतिहास सम्बन्धी जानकार व्यक्ति रवीन्द्र लाकौल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ३७ बजे

बजेटबारे पूर्व अर्थमन्त्री एवं दलका नेताको मिश्रित प्रतिक्रिया

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल