१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा सैनिक अस्पताल र विद्यालय बन्ने



बुटवल । बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय भवन बन्ने भएको छ । सैनिक कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र सैनिक आवासीय महाविद्यालय र २२ नम्बर बाहिनी अड्डा योगिकुटी ब्यारेकभित्र सैनिक अस्पताल निर्माण गर्न लागिएको हो ।

विद्यालय भवन र सैनिक अस्पतालको आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन् । त्यस अवसरमा प्रधानसेनापति शर्माले सैनिक ब्यारेक क्षेत्रभित्र बन्ने अस्पताल र विद्यालयले नेपाली सेनाका बालबालिकाको शिक्षा दीक्षा र सैनिकहरूको उपचारमा सहजता हुने बताए ।

कार्यक्रमका अवसरमा प्रधानसेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटवार्ता गरेका थिए । बुटवल उपमहानगरपालिका–१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत प्रधान सेनापति शर्माले अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा प्रधानसेनापति शर्मालाई श्री गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुनःनिर्माण कार्य सम्बन्धी गुरुयोजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय इतिहास सम्बन्धी जानकार व्यक्ति रवीन्द्र लाकौल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा