२६ माघ २०८२, सोमबार | February 9, 2026

महिला र पुरुषलाई सँगै पढाउने कार्य तालिवानलाई मान्य नहुने



काबुल । अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरुको मुल्य र मान्यता विपरित भएको बताएका छन् । आफूहरु महिला शिक्षाविरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरुलाई मान्य नभएको बताएका छन् ।

‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्न सक्नेछन् । महिलाहरुले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उनले भने । तर, छात्राहरुलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् ।

गत १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि छात्राहरुलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाहरुका विभिन्न हक अधिकार खोसिएका छन् । तालिवानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ती जनाएकी छिन् । ‘तालिवानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उनले भनिन् ।

यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नोतादार हुनुपर्ने तालिवानले जनाएको छ । पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिवानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १० : १२ बजे

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको