४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

माओवादी केन्द्रको बन्दसत्र शुरु, कस्तो बन्ला त नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व ?



काठमाडौं । नेकपा माओबादी केन्द्र आठौ महाधिवेशन अन्तर्गत बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको छ । सोमबार ११ बजेबाट महाधिवेशनको बन्द सत्र शुरु भएको हो ।

बन्दसत्रको प्रारम्भमा नै अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा विधानलगायत विभिन्न प्रतिवेदन पेस हुनेछ। माओवादी केन्द्रले महाधिवेशनको बन्दसत्रमा १७ सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

प्रचण्डबाट प्रस्तुत राजनीतिक लगायत विभिन्न प्रतिवेदन पारित भएपछि बन्दसत्रमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्ने माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए। ​

महाधिवेशनले अध्यक्ष सहित २९९ जनाबढी सदस्य रहेको नयाँ केन्द्रीय कमिटी चयन गर्ने बताइएको छ । पार्टीको स्थायी कमिटीले पदाधिकारीको संख्या अध्यक्षसहित १५ जना राख्ने निर्णय गरिसकेको छ । माओवादी स्रोतका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकतम प्रयास गर्ने र त्यो सम्भव नभए निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिने छ ।

केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव हुन सक्ने स्रोतले बतायो । साविक केन्द्रीय कमिटीबाट प्रस्तावित प्यानलमा चित्त नबुझेका महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दिने बाटो पनि खुल्ला राखिने स्रोतको दाबी छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ४० बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त