१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छ : नारायणकाजी श्रेष्ठ



काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन् । माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए ।

‘पार्टी जीवनमा गम्भीर समस्या छन् । व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ । अराजकता, सांस्कृतिक विचलन देखापरेको छ । वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्याउ यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ,’ श्रेष्ठले भने ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा क्रान्तिकारी विचारको विकास गर्ने, पुँजीवादको विकासलाई माक्र्सवादसँग जोड्ने, विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई माक्र्सवादसँग जोड्ने किसिमले आएको भन्दै उनले प्रतिवेदनबाट निस्केको विचारपछि पार्टी सशक्त हुने बताए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ५ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज