११ भदौ २०८३, बिहिबार | August 27, 2026

माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छ : नारायणकाजी श्रेष्ठ



काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन् । माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए ।

‘पार्टी जीवनमा गम्भीर समस्या छन् । व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ । अराजकता, सांस्कृतिक विचलन देखापरेको छ । वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्याउ यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ,’ श्रेष्ठले भने ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा क्रान्तिकारी विचारको विकास गर्ने, पुँजीवादको विकासलाई माक्र्सवादसँग जोड्ने, विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई माक्र्सवादसँग जोड्ने किसिमले आएको भन्दै उनले प्रतिवेदनबाट निस्केको विचारपछि पार्टी सशक्त हुने बताए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ५ : ०४ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा