१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

राखेप सदस्यसचिव विवादले खेल क्षेत्रमा दीर्घकालीन असर पर्‍यो : मन्त्री गहतराज



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव विवादले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताएका छन् ।

सातदोबाटोस्थिति ओलम्पिक भवनमा मंगलबार नेपाल ओलम्पिक कमिटी ९एनओसी०को १२ औं साधारणसभा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने राखेप सदस्यसचिव विवादित मुद्दालाई अग्राधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिए ।

सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिवबाट रमेश सिलवालाई बर्खास्त गरेर टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । तर, घिसिङको नियुक्तिको बदर र आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारको निर्णयलाई यथावत राख्न अल्पकालीन आदेश दिएको थियो ।

सोही विषयलाई लिएर मन्त्री गहतराजले अदालतबाट ढिलो फैसला हुने हुँदा खेल क्षेत्रलाई असर गर्ने बताएका हुन् । राखेप सदस्यसचिव विवाद चाँडै टुंग्याउनु पर्नेमा जोड दिँदै उनले भने, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर, यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनु पर्ने बताए । ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न,’ श्रेष्ठले भने ।

साधारणसभाको समापन अवसरमा १३औं दक्षिण एसियाली खेलकुद ९साग० र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकाशित पुस्तकको विमोचन गरिएको थियो ।

ओलम्पिक कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०९ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति