३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

राखेप सदस्यसचिव विवादले खेल क्षेत्रमा दीर्घकालीन असर पर्‍यो : मन्त्री गहतराज



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव विवादले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताएका छन् ।

सातदोबाटोस्थिति ओलम्पिक भवनमा मंगलबार नेपाल ओलम्पिक कमिटी ९एनओसी०को १२ औं साधारणसभा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने राखेप सदस्यसचिव विवादित मुद्दालाई अग्राधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिए ।

सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिवबाट रमेश सिलवालाई बर्खास्त गरेर टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । तर, घिसिङको नियुक्तिको बदर र आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारको निर्णयलाई यथावत राख्न अल्पकालीन आदेश दिएको थियो ।

सोही विषयलाई लिएर मन्त्री गहतराजले अदालतबाट ढिलो फैसला हुने हुँदा खेल क्षेत्रलाई असर गर्ने बताएका हुन् । राखेप सदस्यसचिव विवाद चाँडै टुंग्याउनु पर्नेमा जोड दिँदै उनले भने, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर, यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनु पर्ने बताए । ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न,’ श्रेष्ठले भने ।

साधारणसभाको समापन अवसरमा १३औं दक्षिण एसियाली खेलकुद ९साग० र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकाशित पुस्तकको विमोचन गरिएको थियो ।

ओलम्पिक कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०९ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा