४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

अँग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवसको रुपमा मनाइँदै



काठमाडौं । जागरुक युवा अभियान नेपालले विगतका वर्षमा झैँ यस वर्ष पनि १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ। विगत नौ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानले यस वर्ष पनि निरन्तरता दिँदै १७ पुस (१ जनवरी)का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ ।

अघिल्ला वर्षमा भेला भएर सामूहिक रूपमा टोपी दिवस मनाउँदै आएको अभियानले यस वर्ष कोरोनाभाइरस संक्रमण जोखिम कायम रहेकाले औपचारिक कार्यक्रम नगरी सामाजिक सञ्जालबाटै मनाउन सबैमा आग्रह गरेको छ ।

विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरि कार्यक्रम गर्दै आएको थियो ।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन । तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए ।

२०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिक रूपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनु पर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालेको संस्थाका सचिव ज्ञानमणि नेपाल कालोटोपीले बताए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०८ बजे

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका