२९ मंसिर २०८२, सोमबार | December 16, 2025

अँग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवसको रुपमा मनाइँदै



काठमाडौं । जागरुक युवा अभियान नेपालले विगतका वर्षमा झैँ यस वर्ष पनि १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ। विगत नौ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानले यस वर्ष पनि निरन्तरता दिँदै १७ पुस (१ जनवरी)का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ ।

अघिल्ला वर्षमा भेला भएर सामूहिक रूपमा टोपी दिवस मनाउँदै आएको अभियानले यस वर्ष कोरोनाभाइरस संक्रमण जोखिम कायम रहेकाले औपचारिक कार्यक्रम नगरी सामाजिक सञ्जालबाटै मनाउन सबैमा आग्रह गरेको छ ।

विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरि कार्यक्रम गर्दै आएको थियो ।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन । तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए ।

२०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिक रूपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनु पर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालेको संस्थाका सचिव ज्ञानमणि नेपाल कालोटोपीले बताए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको