१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

राष्ट्रिय वाणिज्य बैंक लि र राष्ट्रिय परीक्षा बोर्ड बीच सम्झौता



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५।५१ प्रतिशत रहेको छ । सम्झौता अनुसार बोर्डको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई बोर्डका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बिद्यार्थीहरुले बोर्डलाई बुझाउने शुल्कहरुलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुबै संस्था मिलेर अगाडि बढ्ने बताए । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबीचको लामो सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुख पवन रेग्मी, राज्य लक्ष्मी खड्गी, शाखा प्रबन्धक सरोज कोईराला, उपप्रबन्धक खिलराज भट्टराई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : २६ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको