१३ असार २०८३, शनिबार | June 27, 2026

एभिसी भलिवलको उपाधि नेपाललाई, प्रशिक्षक भट्ट भन्छन् : ‘ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु’



काठमाडौं । मंगलबार बंगलादेशको ढाकामा सम्पन्न  एभिसी सेन्ट्रल जोन प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोनको उपाधि हात पारेको छ । नेपाली टोलिको सफलताका विषयमा चर्चा गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्‍यो । तर अन्ततः नेपाललाई जित दिलाउन सफल भयौँ । गत वर्ष समेत टोलीलाई प्रशिक्षण दिएका भट्टले भने ।

महिला टोलीले दुई वर्षअघि यसै प्रतियोगितामा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै भलिबलमा ऐतिहासिक पदक हासिल गरेको थियो ।

प्रतियोगिताको समूह चरणको खेलमा उज्बेकिस्तानविरुद्ध सोझो सेटमा जित निकालेको नेपाललाई फाइनलमा उज्बेकिस्तानले निकै चुनौती दिएको थियो ।

‘खेलाडीले जित्नैपर्ने दबाबमा खेले । रिसिब गर्न नसक्दा र सर्भिस धेरै बिग्रँदा उज्बेकिस्तानसँग पाँच सेट खेल्नु परेको हो,’ प्रशिक्षक भट्टले भने ।

भट्टकै प्रशिक्षणमा महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा पहिलो पटक रजत पदक जितेको थियो । घरेलु भूमिमा सुरुआती २ सेट जितेको नेपाल पछिल्लो तीन सेट भने भारतलाई बुझाउँदै अर्को ऐतिहासिक अवसरबाट चुकेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ३२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट