१० बैशाख २०८३, बिहिबार | April 23, 2026

हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चहलपहल



काठमाडौं । कोरोनाको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महिनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो ।

साउन महिनामा दक्षिण एसियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए । भदौ महिनामा अन्य देशका ७१ र दक्षिण एसियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले जानकारी दिए ।

असोज महिनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै बढेको थियो । असोजमा अन्य देशका ४७२ र दक्षिण एसियाली देशका १४९ गरी ६२१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या तीन गुणाले बढ्यो । कात्तिकमा अन्य देशका एक हजार ५१८ र दक्षिण एसियाली देशका ५८५ गरी दुई हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका छन् ।

कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मङ्सिरमा भने पर्यटकको सङ्ख्या केही घटेको छ । मङ्सिरमा अन्य देशका एक हजार २२० र दक्षिण एसियाली देशका ६५३ गरी एक हजार ८७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि रु १५० शुल्क लिइन्छ । अन्य देशका नागरिकलाई भने रु एक हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिए ।

पर्यटकबाट आर्थिक वर्ष २०७५/२०७६ मा रु १८ करोड ७२ लाख २५ हजार ४५० आम्दानी भएको थियो । कोरोनाका कारण आव २०७६/२०७७ मा रु ११ करोड ९९ लाख ६० हजार ५६० शुल्क उठेको छ । कोरोनाको सबैभन्दा धेरै प्रभाव आव २०७७/२०७८ मा परेको देखिन्छ । यो वर्ष रु १३ लाख ५८ हजार ४५० मात्र शुल्क उठेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष मङ्सिर मसान्तसम्म ३६ लाख शुल्क उठेको छ । विदेशी नागरिकलाई टिकट दिन कार्यालयले छवटा काउन्टरको व्यवस्था गरेको छ । जुद्ध सालिक, झोँछे, दशअवतार मन्दिरअघि, सिंहसत्तल, प्याफल र मक्खन पशुपति मन्दिर छेृउमा गरी छ वटा काउन्टरले विदेशी पर्यटकलाई टिकट दिएर मात्र हनुमानढोका दरबार क्षेत्र प्रवेश गराउँछन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ५३ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना