१० बैशाख २०८३, बिहिबार | April 24, 2026

भैरहवा भन्सार हुँदै औद्योगिक कोरिडोर जाने सडक ओभरलोडले भत्किँदै



बुटवल । सडक क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण भैरहवा भन्सार हुँदै लुम्बिनी र परासी जाने औद्योगिक कोरिडोर सडक भत्किन थालेको छ ।

बेलहिया नाका हुँदै भित्रिने गाडीले ८० टनसम्म सामान बोकेर आउने भएकाले औद्योगिक कोरिडोरको सडक भत्किएर नाजुक अवस्गामा पुगेको नेपाली यातायात व्यवसायीले बताएका छन् । ओभरलोडका कारण भैरहवा-परासी कोरिडोरको दर्जनौ स्थानमा भत्किएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले तीन वर्षअघि बढी भारबहन बोकेका सवारीसाधन भित्रिन नदिन अभियान नै चलाएको थियो । ‘हामीले व्यापक रुपमा अभियान चलाउँदा पनि बेलहिया नाका हुँदै भित्रिने गाडी निर्वाधरुपमा औद्योगिक क्षेत्रसम्म पुग्ने र जसका कारण सडक जीर्ण अवस्थामा पुगेको छ,’ समितिका पूर्वअध्यक्ष लोकराज पोखरेलले भने ।

व्यवसायीले विगतमा आफै जम्मा भएर बाइपास सडकमा रहेको धर्मकाँटामा ओभरलोड लिएका गाडीलाई रोकेका थिए । ‘गाडी रोकेर आन्दोलन गर्दा पनि समस्या समाधान भएन,’ पोखरेलले भने ।

भारतबाट ओभरलोड सामान आए भन्सारमै पोल्ट्री गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यसलाई कुनै पनि निकायले कार्यान्वयनमा ल्याएका छैनन् । भन्सारका एजेन्टले भारतीय ट्रकबाट रकम असुली गरी भन्सारको मिलेमतोमा पोल्ट्री हुने सामान पनि नगराई नेपाल प्रवेश गराउने गरेका छन् । नेपालमै सबैभन्दा बढी ओभरलोडका सामान भैरहवा भन्सार हुँदै भित्रिने गरेको नेपाली यातायात व्यवसायीको दाबी छ ।

यातायात सम्बन्धी प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बोक्न पाउँदैनन् । तर, क्षमता भन्दा दोब्बर भार बोक्ने गरेको पोखरेलको भनाइ छ ।

भार मिलानसम्बन्धी कार्यविधि २०७१ मा आयातित सामानको हकमा भारवहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सारले इजाजत दिनुपर्ने व्यवस्था छ । तोकिए बमोजिम बढी भारबहन गर्नुपर्ने सामग्रीको हकमा सम्बन्धित यातायात कार्यालयको स्वीकृतिमा मात्र भन्सारले ढुवानी इजाजत दिनुपर्ने तथा भार छुटाउन नसकिने उल्लेख छ । तर, यो नियम कार्यान्वयनमा बेबास्ता गरिँदै आएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले कतिपय ओभरलोड बोकेर भित्रिएका गाडीमा सामान पोल्ट्री गर्न नमिल्ने र त्यस्ता गाडी औद्योगिक क्षेत्रसम्म सिधै पुग्ने गरेको बताउँदै सामान पोल्ट्री गर्न सकिने ट्रकलाई भने पोल्ट्री गराएर मात्र छाड्ने गरिएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी कृषिराम तिवारीले सरोकारवालाको बैठक बसेरै ओभरलोड नियन्त्रणका लागि पहल गर्ने निर्णय भएको र सोही अनुसार प्रगति पनि भएको बताए । ‘अहिले ट्राफिक प्रहरीले ठाउँठाउँमा ओभरलोड नियन्त्रणका लागि चकजाँच बढाएको अवस्था छ, भन्सारबाट भित्रिएका गाडीलाई त्यत्तिकै छाडिएको छैन,’ उनले भने ।

ओभरलोडकै कारण भैरहवा-लुम्बिनी सडक पनि बनेको ६ महिना नहुँदै भत्किन सुरु गरेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा ५० टनभन्दा बढी भार बोकेका ट्रक गुड्दा सडक नै भत्किन थालेको यातायात व्यवसायीहरु बताउँछन् ।

रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक चारसय मालबाहक गाडी भित्रिन्छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी गाडीले ओभरलोड बोक्ने गरेको पाइएको छ । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले अधिकांश गाडीले औद्योगिक सामान बोकेर आउने र धेरैमा बढी भारबहन पाइएको भन्दै हालसम्मको अनुगमनमा सडक भत्कनुको मुख्य कारण ओभरलोड नै देखिएको बताए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ४९ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना