५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा युटिसीको शाखा शुभारम्भ, पिटिई पढ्नेलाइ ५० प्रतिशत छुट



बुटवल । युनिभर्सल थर्ट कन्सल्ट प्रा.लि (युटिसी) कन्सल्टेन्सिले काठमाडौं बाहिरको पहिलो शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ ।

देश बाहिर शाखाहरु सञ्चालनमा रहेपनि काठमाडौ पछि पहिलो शाखाको रुपमा बुटवल शुक्रपथमा शाखा सञ्चालन गरिएको हो ।

अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सिको युटिसिमा अध्यक्ष शिव बन्जारा, युटिसी काठमाडौंका कार्यकारी निर्देशक राजेश पुडासैनी,मोटिभेसनल स्पिकर सौरभ लोहनी, अस्ट्रेलियन कलेज आईआईइको एसिया बिजनेश डेभलपमेन्ट अफिसर बिजय शर्मा ,अन्जु केशी,तथा बुटवल शाखा प्रमुख अनिमेश क्षेत्रीले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरे ।

करिब २५ लाखको लागतमा शाखा सञ्चालनमा ल्याएको बुटवल शाखा सञ्चालक क्षेत्रीले जानकारी दिए । उनले आएल्स र पिटिई अध्यापन हुने बताउदै शुभारम्भको अवसरमा अङ्ग्रेजी नया वर्षसम्म भर्ना हुन आउने बिद्यार्थीहरुलाई निशुल्क आएल्स कोर्स र पिटिई अध्ययनमा ५० प्रतिशत छुटको ब्यवस्था रहेको बताए ।

नेपाली सम्पर्क समितिको अध्यक्ष दक्षिण कोरिया २०१७ को अध्यक्ष अन्जु केशीले समयानुकूल शिक्षा र नयाँ प्रणालीबाट सेवा दिन उनले आग्रह गरिन् ।

उनले आफू दक्षिण कोरियामा रहदा सम्योजकको भुमिकामा २०१८ मा बुद्ध नेपालमा जन्मेको दर्शाउदै बुद्ध प्रतिमा स्थापना गरेको बताउदै बिदेशमा बसेपनी नेपालको लागि काम गर्नुपर्ने बताईन् ।

२००९ देखि भिसा देखि अन्य काममा सहयोग गर्दै आएको युसिटिले अस्ट्रेलिया, युके, न्युजिल्यान्ड लगायतका देशहरुमा जाने बिद्यार्थीलाई सहयोग गर्ने जनाएको छ ।

युसिटीको भारत र पाकिस्तानमा शाखा खुलिसकेको छ भने श्रीलङ्का र बङ्गालादेशमा पनि शाखा खुल्ने अन्तिम तयारीमा रहेको छ । बुटवलपछि पोखरा लगायत देशभर शाखा सञ्चालनको तयारी भईरहेको युटिसि अध्यक्ष शिव बन्जाराले जानकारी दिए ।

बुटवल शाखा अनिमेश क्षेत्री,राजु सापकोटा तथा पुर्णिमा खत्रीको टिमले बिद्यार्थीहरुलाई सेवा प्रदान गर्नेछ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ५ : ५३ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले