१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाघ वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’



काठमाडौं । गुरुङ समुदायले पुरानो गाई वर्षलाई बिदाइ गरी नयाँ बाघ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले राससलाई जानकारी दिए । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ ।

नयाँ वर्ष शुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा बुधबारदेखि नै ल्होसार महोत्सवको आयोजना गरिएको छ । कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने तमु ह्युला होजधी राष्ट्रिय परिषद्ले जनाएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । स्वदेशमा मात्र नभई विदेशमा बस्ने गुरुङ समुदायले पनि सांस्कृतिक परम्परा अनुसार यो पर्व मनाउने गरेका छन् । यस दिन गुरुङ समुदायका मानिस सांस्कृतिक एवं परम्परागत वेशभूषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसअघि गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेका थिए । विगतमा वर्षमा काटिएको तमु ल्होसारका दिनको सांस्कृतिक बिदाले यस वर्ष फेरि निरन्तरता पाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ६ : ५६ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व