१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले शुक्रबार पौष १६, २०७८मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ ।

यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक यही पौष १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : ५७ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका