४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

बेमौसमी वर्षाले चकनाचुर पारेको किसानको सपना



बुटवल । वुधवार दिनभरी परेको वर्षाका कारण देशैभरीका किसानहरुले गरेको लाखौं मुल्यको तरकारी खेती नष्ट भएको छ । झण्डै २ दिन परेको झरीले कृषि उत्पादनबाट जीवन गुजारा गर्ने कृषकलाई ठुलो असर पारेको छ । बमौसममा परेको दुई दीनेझरीले भर्रखर लगाएका आलु ,मुला ,गाजार ,लसुन टमाटर तरकारी खेती तोरी लगायत सबै बालीनालीमा गम्भीर असर पारेपछि किसानहरु चिन्तित बनेका छन् ।

यसैपनि यसवर्ष अधिक वर्षका कारण असोज कार्तिकमा भित्राईने नगदे तरकारी बाली नष्ट भएका कारण तरकारीको मुल्य आकाशीएको थियो । मध्य हिँउदको वेमौसमी वर्षाका कारण यस वर्ष दैनीक उपभोग्य तरकारीको मुल्य अझै बढ्ने निश्चित भएको छ ।

नवलपरासीको सुनौलोगाँउकी डोलसरी गिरीलाई बारीमा लगाएको तरकारी पानीले चुर्लुम्म डुबाएपछि ठुलो चिन्ता परेको छ । तरकारी बेचेर जाडोको कपडा जोहो गर्ने योजना बनाएकी गिरीको लौका बोटबाटै बटिला झरेका छन् भने काउली र मुलाको बेर्ना पानीमा डुबेर सडेको छ । ‘तरकारी बेचेर यसवर्ष सबैलाई जाडोको कपडा किन्ने योजना बनाएकी थिएँ, खत्तम भयो,’ टाउको समाएर खेतको आलीमा झोक्राएर बसीरहेकी गिरीले भनिन्, -‘यो पानीले तोरी सबै सुताइदियो आलु पनि सबै कुहिने त होला ?’

नवलपरासी वर्दघाट सुनौलो नगरकी सीताको दुई दिनको हिउदे वर्षाले भर्खर उमारेको तरकारी टमाटर प्याजको विरुवा थिचेर असर पारेको छ । बारीमा लगाएर जरा गाड्नै लागेको बेर्नामा पानीले पुरिएपछि सीताको बेर्ना ब्युँतिने आसा मरेको छ । तरकारी वारी देखाउदै सीताले भनिन् ‘हेर्नु त सवै विरुवा पानीले थिचेर सुताएको छ, अव यो राम्रो होला त ?’

सीताले हिँउदको तरकारी बेचेर घर मरमत गर्ने योजना बनाएकी थिईन् । बेमौसमी वर्षले सीताको घर मरमत गर्ने सपना पनि सपना मै सिमित हुने भएको छ । ‘पानीपर्न त छाड्यो, अव हुस्सु लाग्ने होला ! यसवर्षको हिँदे तरकारी खेती नहुने नै भयो ।’ उनी भन्छिन् ।

नवलपरासी रुपन्देही कपिलवस्तु लगायत लुम्बिनी प्रदेश तराईका जिल्ला भरीनै बेमौसमी वर्षाले असर पारेको छ । तर पहाडी इलाकामा पर्ने जिल्लाहरु पाल्पा अर्घाखाची गुल्मीका किसानलाई भने अहिलेको वर्षाले राहत मिलेको छ । उम्रन लागेको वाली आलस मसुरो गहु लाई भने आकासे पानीले राहत दिएको किसानहरुले बताएका छन् ।

तराई क्षेत्रमा व्यवसायीक तरकारी खेती गरेका कृषकलाई आकाशे पानीले असर गरेको वताउदै नवलपरासी कृर्षि ज्ञान केन्द्रका सुचना अधिकारी दिनेश धितालले दुईदिने बर्षाले तोरी ,आलु , भर्खरै छरेको मुला ,टमाटर ,प्याजको विरुवा उमार्न छरेको व्याडलाई पानीले थिचेर असर गरेको बताए । ‘कृषकले तरकारी खेतीमा धेरै विषादी प्रयोग गर्नै हुनाले यो पानीले आलुमा डडुवा रोग लाग्न सक्छ,’ उनले भने, -‘अधिक पानी पर्दा कृषकलाई खेती गर्नेबारे सचेत पारिएको छ ।’

अहिलेको हिउदे वर्षाले तरकारी तथा तोरीलाई असर पारेको बारे सूचना नआएको उनले बताए । हिउदे बर्षाले पहाडी इलाकामा खासै असर पारेको छैन तराईका पानी जम्ने फाटहरु भर्खरैं लगाइएको तरकारी बाली असर पारेको उनले जनाए ।

कृषि विज्ञ राजेन्द्र यादवले अहिले को बर्षाले व्यवसायीक तरकारी खेती गरेका किसानलाई नकारात्मक असर पारेको बताए । ‘भर्खरै विरूवा उमार्दै गरेका किसानलाई असर पारेको छ,’ यादवले भने, -‘हिउदे वर्षाले तोरी आलुलाई र भर्खरै तरकारीको विउ छरेको माटोलाई पानीले थिचेर असर पार्छ।’

तराईका जिल्लामा लगभग सवैजसो जिल्लाका खेतीयोग्य जमीनमा सिचाईको सुविधा छ । सिचाई हुने खेतहरूमा गहु बाली , तोरी आालु सबैमा सिचाई गरीसकेका छन् । सिचाई भइसकेको खेलमा हिउदे वर्षाले असर पुर्‍याएको बाली विज्ञ यादव बताउछन् ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : २१ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर