२४ माघ २०८२, शनिबार | February 7, 2026

सन् २०२१ को एकवर्षमा नेपालगञ्ज नाकाबाट ४३४ जनाको माइती नेपालबाट उद्दार



नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा एउटै संस्थाले बेचबिखनमा पर्न थालेका ४ सय बढी महिला तथा बालबालिकाको उद्धार गरेको छ । सन् २०२१ जनवरी देखि डिसृेम्बर सम्ममा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट ४ सय ३४ जनाको उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

नेपालगञ्जमा बिहीवार पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा बोल्दै माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले १ वर्षको अवधिमा ४ सय ३४ जनाको उद्दार गरिएको जानकारी दिए । कोइरालाका अनुसार उद्दार गरिएको मध्य सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ । एक वर्षको अवधिमा सुर्खेतबाट मात्र ६५ जना बेचबिखनको आशंकामा नाकाबाट उद्दार गरिएको पाइएको छ । गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको कोइरालाले बताए ।

माइती नेपालका अनुसार नेपालगञ्ज नाकाबाट सुर्खेत पछि दाङबाट ६१ जना, बाँके ५६ जना, बर्दिया ४६ जनालाई नाकाबाट उद्दार गरिएको छ । त्यस्तै जाजरकोटबाट ३४, दैलेखबाट ३२ जना, सल्यान २३ जना र रुकुमबाट १९ जना बेचिनबाट जाेगिएका छन् ।

उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको माइती नेपालको नेपालगञ्ज प्रमुख कोइरालाले बताए ।

माइती नेपालको तथ्यांक अनुसार सन २०२१ मा श्रम र यौन शोषणमा परेका ११ जनाको उद्दार गरिएको छ भने सोही बर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए ।

राज्यसंग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताए । बेचविखनको बदलिँदा स्वरुपहरुमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ११ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस