८ बैशाख २०८१, शनिबार | April 20, 2024

सन् २०२१ को एकवर्षमा नेपालगञ्ज नाकाबाट ४३४ जनाको माइती नेपालबाट उद्दार



नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा एउटै संस्थाले बेचबिखनमा पर्न थालेका ४ सय बढी महिला तथा बालबालिकाको उद्धार गरेको छ । सन् २०२१ जनवरी देखि डिसृेम्बर सम्ममा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट ४ सय ३४ जनाको उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

नेपालगञ्जमा बिहीवार पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा बोल्दै माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले १ वर्षको अवधिमा ४ सय ३४ जनाको उद्दार गरिएको जानकारी दिए । कोइरालाका अनुसार उद्दार गरिएको मध्य सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ । एक वर्षको अवधिमा सुर्खेतबाट मात्र ६५ जना बेचबिखनको आशंकामा नाकाबाट उद्दार गरिएको पाइएको छ । गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको कोइरालाले बताए ।

माइती नेपालका अनुसार नेपालगञ्ज नाकाबाट सुर्खेत पछि दाङबाट ६१ जना, बाँके ५६ जना, बर्दिया ४६ जनालाई नाकाबाट उद्दार गरिएको छ । त्यस्तै जाजरकोटबाट ३४, दैलेखबाट ३२ जना, सल्यान २३ जना र रुकुमबाट १९ जना बेचिनबाट जाेगिएका छन् ।

उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको माइती नेपालको नेपालगञ्ज प्रमुख कोइरालाले बताए ।

माइती नेपालको तथ्यांक अनुसार सन २०२१ मा श्रम र यौन शोषणमा परेका ११ जनाको उद्दार गरिएको छ भने सोही बर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए ।

राज्यसंग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताए । बेचविखनको बदलिँदा स्वरुपहरुमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ११ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका