४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

माओवादी महाधिवेशन : यस्तो छ समानुपातिक निर्वाचन क्लस्टरको संरचना, सहमति नभए निर्वाचन हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को खुला र क्लस्टरतर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको विस्तृत संरचना सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् ।

त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा(छुट्टै निर्वाचन हुनेछ ।

माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

यस्तै सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादीले तयारी थालेको छ । खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

शनिबार राति ८ बजेदेखि १०ः३० बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिले आइतबार बिहान ११ः३० बजेबाट निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यस्तो रहने छ क्लस्टर :

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ५६ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर