७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

माओवादीको महाधिवेशन : न बहस, न केन्द्रीय समितिको पूर्णता



काठमाडौं । उद्घाटन हुनु भन्दा केही घण्टा अघिमात्र सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । कार्यक्रमस्थलदेखि कतिपय चोकमा राष्ट्रिय सम्मेलन लेखिएका बोर्ड फेर्न आयोजकलाई हैरानी भएको थियो ।

पहिलाको राष्ट्रिय सम्मेलन र पछि महाधिवेशनको उद्घाटन हुनु अघिको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको र यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको बताएका थिए ।

७ लाख बढी सदस्य रहेको दाबी गरिएको र संसदको तेस्रो ठूलो दल नेकपा माओवादीले राष्ट्रिय सम्मेलन कि महाधिवेशन भनेरनै निर्णय गर्न नसकेको र केही घण्टामा नै फेरिने चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसमा पनि अध्यक्ष प्रचण्डलाई ुमहाधिवेशन पो गरौं कि क्या होरुु भन्ने लागेपछि एकाएक राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण भएको भन्दै कटाक्षसमेत भएका थिए।

जे होस् माओवादीले ८ औं महाधिवेशन सम्पन्न गरेको छ। प्रचण्डमाथि महाधिवेशन गर्ने सोच हुँदा हुँदै पनि सुरुमा राष्ट्रिय सम्मेलन भनेर नेता कार्यकर्ता अलमलमा पारेको आरोप पनि नलागेको भने होइन ।

विचारको बहस !

माओवादीका नेताहरुले आफूहरुको पार्टी अन्य संसदवादी दलहरुजस्तो पदका लागि मात्र कुद्ने र महाधिवेशन भनेको नेतृत्व चयनमा मात्र केन्द्रीत नहुने भन्दै बहसलाई प्राथमिकता दिएको बताएका थिए । विचारको बहसका लागि आफूले राजनीतिक प्रस्ताव तयार गरेको र माओवादीको दस्तावेजले देशमा ुहलचलु नै ल्याउने खालको अभिव्यक्ति प्रचण्डले दिएका थिए । त्यसमा मनथन गरेर देश विकासको खाका अघि बढाउने र पार्टीलाई पनि उर्जावान बनाउने घोषणा उनले गरेका थिए । तर, उनले बन्दसत्रमा पेस गरेको राजनीतिक प्रस्तावमा त्यस्तै कुनै ‘महानतम’ चिज भएको चर्चा सुनिएको छैन । महाधिवेनमा आएका प्रतिनिधिले २५ समूह बनाएर दुई दिन छलफल गरे र अब यो प्रतिवेदनपछि पार्टी सुध्रिन्छ वा रुपान्तरण हुन्छ भन्ने भन्दा पनि प्रचण्ड तर्फनै बढी औंला सोझ्याए । उनको जीवनशैली र घरभेटीबारे बारम्बार प्रश्न गरे । नेताहरुको जीवनशैलीबारे चर्को आलोचना भयो । यसअर्थ प्रचण्ड र माओवादी शीर्ष नेतृत्वले भने जस्तो महाधिवेशन विचारको बहस गर्ने थलो त बन्यो तर चर्चा गरिएजस्तो विचारको बहस हुन सकेको देखिएन ।

प्रचण्डको राजनीतिक प्रस्तावमाथि उठेका विभिन्न प्रश्नबारे जवाफ दिँदै उनले फरक मत र पुरक प्रस्तावलाई समेटेर प्रतिवेदन तयार गर्ने भन्दै बन्दसत्रमा भाषण गरे। तर त्यस अनुसार उनले संशोधन गरेनन् । बरु उनले आफ्नो प्रतिवेदन मान्य रहेको भन्दै हलबाट पारित गराए । उक्त प्रतिवेदनमा समूहगत छलफलमा उठेका विषय अब प्रचण्डले समावेश गर्छन् वा झारा टार्ने हिसावमा मात्र विषयलाई समेट्छन् ? महाधिवेशन सकिएको घोषणा भएपछि प्रस्तावमा सामान्य रुपमा समेटिने विषयले माओवादी कार्यकर्तालाई कति प्रभाव पार्ला ?

सकियो कि सकिएन दोधारमा प्रतिनिधि

११ देखि १८ सम्म आठ दिन देशभरबाट आएका एक हजार ६ सय ३१ प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाए । दुई दिन प्रचण्डको प्रतिवेदनमाथि र दुई दिन टोली नेताको प्रस्तुतिलाई सुनेका उनीहरुले आइतबार साँझ प्रचण्डले केन्द्रीय सदस्यहरुको घोषणा गरेको हलभित्र बसेर सुने ।

त्यसअघि माओवादीमा पनि केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव हुन लागेको भन्दै धेरै आश्चर्यमा परेका थिए । ओवादीले लोकतान्त्रिक पद्दतीबाट भन्दा पनि टिके प्रथाबाट केन्द्रीय सदस्य चयन गर्दै आएको यसअघिको परम्परालाई तोड्न लागेको होरु भन्ने चासो रहेको थियो । तर निर्वाचनमा जान शीर्ष नेतृत्व तयार थिएन । जसका कारण विभिन्न समूहगत रुपमा मिलाएर २९९ मध्ये २३६ केन्द्रीय सदस्यको घोषणा प्रचण्डले गरे । आठ दिनसम्मको महाधिवेशन उत्सवमा पनि प्रचण्डले ६३ जना को चयन गर्न सकेनन् । पदाधिकारी चयन पनि आजै गरिने आशा नेता कार्यकर्तामा थियो। तर प्रचण्डले सहमति नजिक पुगेको भन्दै भोलि टुंगो लाग्ने भन्दै यसलाई पनि पन्छाइदिए ।

महाधिवेशन आयोजना स्थलबाट माओवादीले व्यानर लगायतका सामाग्री हटाइसकेको छ र औपचारिक रुपमा महाधिवेशन सकिएको प्रेस विज्ञप्ति जारी भइसकेको छ । महाधिवेशन सकिएको हो ररु भन्दै प्रतिनिधिहरु भने प्रश्न गरिरहे्का छन् । किनकी महाधिवेशनबाट कमिटीले नै पूर्णता पाउन सकेन । समग्रमा भन्दा माओवादीको महाधिवेशनबाट प्रतिनिधि र माओवादी कार्यकर्ताले न वैचारिक स्पष्टता पाए र केन्द्रीय समिति, पदाधिकारी पाउन सके ।

चुनाव नजिकै आउँदा महाधिवेशनपछि नेता कार्यकर्तामा जुन खालको उत्साहको सञ्चार हुने अनुमान गरिएको थियो त्यस अनुसार माओवादी महाधिवेशन सफल हुन सक्यो वा सकेन भन्ने आगामी दिनमा देखिनेनै छ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ४३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल