१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणना अगामी माघ २ गतेसम्म जारी रहने छ ।

यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए ।

स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उनले बताए । उनका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने छ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुने छ ।

‘तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हुँदै आएको छ’, उनले भने, ‘यस वर्ष जलपक्षीले बस्ने तालको अवस्थाका बारेमा समेत जानकारी लिन्छौँ । तालबारे जिपीएस लोकेशनसमेत लिन्छौँ ।’

‘पानीको सतह विगतमा कस्तो थियो रु अहिले कस्तो छ रु यसबारे रेकर्ड राख्छौँ’, उनले भने, ‘जलपक्षीका कुन–कुन प्रजाति विगतका वर्षमा आएका थिए । यस वर्ष कुन-कुन देखिए यसबारेसमेत रेकर्ड राख्छौँ । यससँगै सिमसार क्षेत्रको अवस्था, तालमाथिको मानवीय अतिक्रमण प्राकृतिकरूपमा भएको क्षतिबारेसमेत जानकारी लिइन्छ ।’

गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताए ।

उनका अनुसार सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, तालतलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्दछन् । केही जलपक्षी चिसो छल्नका लागि साइवेरियालगायतका क्षेत्रबाट लामो दूरी तय गरी यहाँको बाटो प्रयोग गरी भारत र श्रीलङ्कातर्फ जाने गरेका छन् । बाटोको प्रयोग गर्ने क्रममा यहाँका तालतलैयामा बस्ने गरेका छन् । यसैगरी शनिबारदेखि कैलालीको तालतलैया र सीमसार क्षेत्रमा समेत जलपक्षी गणना सुरु गरिएको छ ।

घोडाघोडी ताल क्षेत्रबाट जलपक्षी गणना सुरु गरिएको चराविज्ञ डगौराले जानकारी दिए । घोडाघोडीसहित कोहली, लोकाभौका, घोडा, सुनियारुपिया, पुरैनालगायतका ताल र कर्णाली नदीमा जलपक्षी गणना हुनेछ । कर्णाली नदीमा र्‍याफ्टिङको प्रयोग गरी जलपक्षी गणना हुने छ । गत वर्षको गणनामा कैलालीका जलाधार क्षेत्रमा ३२ प्रजातिका जलपक्षी देखापरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ३७ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।