५ बैशाख २०८३, शनिबार | April 18, 2026

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको निर्णायक खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । साझ पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ ।

दशरथ रंगशालामा जितले मछिन्द्र शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने यदि बराबरी या हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ ।

गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन ।

यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी क्लब लाइसेन्स छ । जसमध्ये शीर्षस्थानमा रहने एक टोली सातौं चरणपछि एएफसी छनोटमा स्थान बनाउनेछ ।

त्यसैले आइतबार सातौ चरणमा नेपाल पुलिस क्लबको सामना गर्दा मच्छिन्द्र स्पष्ट तीन अंक हात पार्दै शीर्ष स्थानमा फर्कदै एएफसी कप छनोट खेल्न चाहन्छ ।

सात खेलमा शीर्ष स्थानको मनाङको १६ अंक छ । दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ । त्यसैले एएफसी कप छनोेटका लागि मच्छिन्द्रलाई पुलिसविरुद्ध जितको विकल्प छैन । बराबरी वा हारले मच्छिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्य यस पटक पनि अधुरो बन्न सक्छ ।

पुलिस क्लब भने ६ खेलमा ६ अंकसहित १० औं स्थानमा छ । पाँचौ चरणमा मनाङलाई नतिजा सुम्पिएको पुलिस छैठौं चरणमा फ्रेन्डससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : ४६ बजे

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध