६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको निर्णायक खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । साझ पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ ।

दशरथ रंगशालामा जितले मछिन्द्र शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने यदि बराबरी या हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ ।

गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन ।

यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी क्लब लाइसेन्स छ । जसमध्ये शीर्षस्थानमा रहने एक टोली सातौं चरणपछि एएफसी छनोटमा स्थान बनाउनेछ ।

त्यसैले आइतबार सातौ चरणमा नेपाल पुलिस क्लबको सामना गर्दा मच्छिन्द्र स्पष्ट तीन अंक हात पार्दै शीर्ष स्थानमा फर्कदै एएफसी कप छनोट खेल्न चाहन्छ ।

सात खेलमा शीर्ष स्थानको मनाङको १६ अंक छ । दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ । त्यसैले एएफसी कप छनोेटका लागि मच्छिन्द्रलाई पुलिसविरुद्ध जितको विकल्प छैन । बराबरी वा हारले मच्छिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्य यस पटक पनि अधुरो बन्न सक्छ ।

पुलिस क्लब भने ६ खेलमा ६ अंकसहित १० औं स्थानमा छ । पाँचौ चरणमा मनाङलाई नतिजा सुम्पिएको पुलिस छैठौं चरणमा फ्रेन्डससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : ४६ बजे

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको