४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाबाट मृत्यु भएका परिवारलाई बीस हजार सहयोग



बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारलाई २० हजारका दरले राहत प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।

काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरिएको बताए । स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको उनको भनाइ छ ।

गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ । गाउँपालिकाले कोरोना महामारीमा काठमाडौं, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो ।

गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार दिने निर्णय गरेको छ । यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिए ।

बागलुङमा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ७२ छ । तर, बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृत्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको