२८ असार २०८३, आइतबार | July 12, 2026

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने



ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ । बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतङ्क बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्य फलफूल तथा गीठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गर्ने भएको हो ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न ‘तरकारी मिनिकिट अनुदान कार्यक्रम’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए । गाउँपालिकलो बाँकोको सिन्की, सिस्नोको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाइ, जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्राण्डिङ र प्याकेजिङ गरि बजारीकरण गर्ने भएको छ ।

चिया, अलैँची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रूपमा विकास गरी कृषि पकेट पूर्वाधार कार्यक्रम सञ्चालन गरी कृषकको उत्पादनलाई सङ्कलन र बजारीकरणका कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण गरी सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्ने प्रक्रिया अगाडि बढाउने अध्यक्ष थापाले बताए । पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।

किसानले उत्पादन गरेका नाङ्लो, डाली र मकैको खोस्टाबाट निर्माण हुने फूलजन्य सामग्रीको बजारीकरणका लागि ‘काठेखोला कोसेली घर’ सञ्चालन अध्यक्ष थापाको भनाइ छ । सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : ४७ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै