३ पुस २०८२, बिहिबार | December 18, 2025

पदाधिकारी र केन्द्रीय सदस्य छान्न प्रज्ञा भवनमा माओवादीको स्थायी समिति बैठक



काठमाडौं । पार्टीका केन्द्रीय सदस्य र पदाधिकारी छनौट गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

प्रज्ञा भवन कमलादीमै बसिरहेको बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यहरु छनौटबारे छलफल भैरहेकोछ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ ।

आठौं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा केन्द्रीय सदस्य छनौटमा सहमति खोज्ने भन्दै हिजो शनिबारको बन्द सत्र आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

पदाधिकारीमा धेरै नेताहरुको आकंक्षा बढेपछि अध्यक्ष प्रचण्डलाई सकस परेको छ । अध्यक्षमा प्रचण्डलाई चुनौती नभएपनि अन्य पदमा भने नेताहरुको लविङ तिब्र छ । यस्तै विभिन्न कस्टर मिलाउन नसक्दा केन्द्रीय समिति सदस्यहरुमा कसकसलाई पार्ने भन्ने पनि निर्णय भैसकेको छैन ।

सहमति बन्न नसके निर्वाचन प्रक्रियाबाट अन्तिम टुंगो लगाउने माओवादीको तयारी छ । माओवादी विधानमा १५ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान रहेको छ ।

सुरुमा राष्ट्रिय सम्मेलन भनेर बोलाइएको माओवादी केन्द्रको महाधिवेशन पुष ११ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : १५ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक