२५ माघ २०८२, आइतबार | February 9, 2026

बैंकहरूको पुँजी तत्काल नबढाउन सुझाव, प्रतिफल घट्दै गएकोमा चिन्ता



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न सञ्चलकहरूले माग गरेका छन् ।

सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह गरेको हो ।

२०७२ सालको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले दुई वर्षभित्रमा चुक्ता पुँजी चार गुणाले बढाउने नीति ल्याए पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटेन । हकप्रद सेयरको माध्यमबाट पनि पुँजी बढाउन दिँदा मर्जरमा जानुको सट्टा बैंक तथा वित्तीय संस्थाले छोटो समयमा हकप्रद सेयर जारी गरेरसमेत चार गुणाले पुँजी बढाए । जसकारण उपलब्ध कोषलाई उपयोग गर्न आक्रामक कर्जा विस्तार गर्दा तरलता अभावजस्ता साइड इफेक्ट देखिएको अध्ययनमा उल्लेख छ ।

२०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी र प्रतिफल दर निरन्तर रूपमा घटिरहेको प्रतिवेदनले औल्याएको छ । जसकारण बैंकका बैंकका लगानीकर्ता निरुत्साहित भएको भन्दै उक्त चुनौती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै व्याजदर निर्धारण हुने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

परिसंघले उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । २०७७ चैतमा गठन भएको करिब नौ महिना लगाएर गरेको अध्ययन प्रविवेदन गत मंगलबार गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइएको परिसंघले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : ५७ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय