१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन ।

पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०-५५ वर्षका लाक्पाटाँसी र उनका १४-१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । ुचौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं । हेलिकोप्टरबाट निकालिदिनुु भन्दै शनिवार बिहान फोनबाट आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का वडा अध्यक्ष डण्डु शेर्पाले बताए । समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन् ।

शनिवार बिहान पनि हेलिकोप्टरमार्फत उनीहरूको उद्धार प्रयास भएको थियो । तर, कुन ठाउँमा बसेको छन् मेसो नपाएपछि हेलिकोप्टर त्यसै सुकेटार विमानस्थल फर्केको थियो । आइतबार बिहान पनि उद्धारका लागि दुई पटक सुकेटरबाट पापुङको लोनाकमा हेलिकोप्टर गएको थियो । आज पनि उनीहरू बसेको ठाउँ पत्ता नलागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । फोनसम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकोप्टरमार्फत उद्धार गर्ने पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ३ : ३० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना