३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचण्डद्वारा माओवादीका २२६ केन्द्रीय सदस्यको नाम घोषणा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय समितिमा २२६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

काठमडौंको प्रज्ञा भनवमा जारी माओवादीको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आज साँझ ती नामहरु अनुमोदनका लागि प्रस्तुत गरेका हुन् ।

दिउँसो बसेको स्थायी समिति बैठकले केन्द्रीय सदस्यको नाम टुंग्याएपछि प्रचण्डले हलमा नाम प्रस्तुत गरेका हुन् । केन्द्रीय सदस्यको नाम प्रस्तुत गरेपछि पदाधिकारी टुङ्ग्याउने प्रचण्डले बताएका छन् । प्रचण्डले १२५ जना समानुपातिक र १११ जना खुला केन्द्रीय सदस्यको नाम पेश गरेका छन् । विधानअनुसार माओवादीमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहेका छन् ।

अध्यक्ष प्रचण्डले नाम प्रस्तुत गर्नेक्रममा खस आर्यबाट आफ्ना भाइ नारायण दाहालको नाम पहिलो नम्बरमा पढेका छन् ।

प्रचण्डले पेश गरेको नाममा ध्वनीमतले सहमति नभए मात्र निर्वाचन प्रक्रियामा जाने बताइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ३९ बजे

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा