१३ श्रावण २०८३, बुधबार | July 29, 2026

देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न



काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ ।

विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोट कस्तो छ र उक्त स्थानमा शहर बस्न हुन्छ कि हुँदैन भन्ने उदेश्यका साथ प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको हो ।

विभागले हालसम्म काठमाडौं, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौँडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा र नारायणघाटको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ ।

चालू आर्थिक वर्षमा बर्दियाको गुलरिया बजार क्षेत्रमा भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन भइरहेको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो । विभागले विसं २०५२ देखि प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको उनको भनाइ थियो ।

“शहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ”, महानिर्देशक घिमिरेले भने । विभागको राय र सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका छन् ।

विभागले शहरको कुन भागमा विद्यालय, कुन भागमा अस्पताल, कुन भागमा डम्पिङसाइड, कुन भागमा अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ भन्नेबारेमा अध्ययन गर्नेछ । यस्तै कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्नेसमेत अध्ययन हुने गरेको छ । उक्त अध्ययनले शहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागले लिएको छ । -रासस

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  २ : ४६ बजे

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको