७ आश्विन २०८३, बुधबार | September 23, 2026

लायन्स क्लव अफ रुपन्देहीको १५ औं स्थापना दिवस सम्पन्न



बुटवल । लायन्स क्लव अफ रुपन्देहीले आफ्नो १५ औ स्थापना दिवस (चार्टर नाईट सोरोमनी) सम्पन्न गरेको छ ।

क्लवका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता तथा लायन्स डिष्ट्रिक ३२५ बी टु नेपालका डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली क्लवका पुर्व अध्यक्ष तथा संस्थापकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर भट्टले लायन्स क्लव अफ रुपन्देहीले आफुलाई सामाजिक सेवामा अव्वल सावित गरेको बताउदै सामाजिक क्षेत्रको बिकासमा क्लवले खेलेको भुमिका लायन्स क्लवको यात्रामा गाईडलाईन बनेको उल्लेख गरे ।

गभर्नर भट्टले संस्थाका हरेक सदस्य नेतृत्वका लागि तयार रहनु पर्ने बताउदै जिम्मेवारी लिनेले संकल्प समेत लिनु पर्ने धारणा व्यक्त गरे ।
क्लवका हरेक सदस्यले नेतृत्व लिन तयार हुनु पर्छ त्यसका लागि क्षमता बिकास संगै संकल्प गर्नु जरुरी छ, ब्यक्ती र संस्थाको सहभागीता, योगदानले कस्तो नेतृत्व बिकास भई रहेको छ भन्ने स्पष्ट गर्छ उनले भने ।

कार्यक्रममा लायन्सका डिष्ट्रिक सेकेण्डडेपुटी गभर्नर नवराज न्यौपानेले योजनाबद्ध ढंगबाट अगाडि बढनु आजको आवश्यकता भएको बताउदै क्लवहरुले ईतिहास बनाउने गरी काम गनुपर्ने बताए ।

लायन्सका पुर्व डिष्ट्रिकगभर्नर महेन्द्र नारायण श्रेष्ठले लायन्स क्लवमा भएको सक्रियता्ले बिभिन्न क्षेत्रमा अव्वल नेतृत्व स्थापित गर्न सफल भएको बताउदै आबश्यकता परेको बेला सबैलाई एकजुट हुने क्लवको रुपमा लायन्स क्लव अफ रुपन्देही उदाहरणीय बनेको बताए ।

कार्यक्रममा लायन्सका पुर्व डिष्ट्रिक गभर्नर सुनिल वझा, अरुण प्रताप राणा संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली पुर्व अध्यक्ष सुर्य बहादुर भटराई, बालाराम भटराई, सचिव बावुराम भण्डारी लगायतले आ आफ्ना भनाई राखेका थिए ।

स्थापना दिवसका अवसरमा बुटवल उपमहानगरपालिका वडा नं ११ मजुवामा रहेको सुर्याेदय आधारभुत बिद्यालयलाई डस्टविन, शैक्षिक सामग्री,र खेलकुद सामग्री बितरण गरिएको थियो । भने सोहि बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई