११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ ।

दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ । समितिले २० पुसमा बि। म्यानेजमेन्ट प्रा।लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रालीबीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि। म्यानेजमेन्ट प्रा।लिलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ५ : १९ बजे

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन