११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम



काठमाडौं । बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् ।

भारतमा अहिले कोभिड-१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् । सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् ।

उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् । उनको उर्दी अनुसार सुटिङका लागि जुन व्यक्तिको आवश्यकता पर्छ, त्यही व्यक्तिमात्र लोकेसनमा उपस्थित हुनुपर्नेछ ।

सलमानले अभिनेता इमरान हाशमीसँग केही फाइट सिक्वेन्सको सुटिङ गर्नेछन् । इमरान केही दिनमै सलमानका साथ सुटिङमा जाँदैछन् । यसका लागि सेटमा फाइट कोओर्डिनेटर र एक टीमको उपस्थिति हुनेछ ।

सलमान आफैं सुटिङ व्यवस्थामा ध्यान दिइरहेका छन् । उनी एक सुरक्षित सुटिङका लागि सबै नियम पालना गर्न आवश्यक छ भन्ने सन्देश दिनका लागि सलमान सक्रिय छन् ।

इमरान र सलमान केही अन्तर्राष्ट्रिय द्वन्द्व निर्देशकका साथ एसआरपीएफ ग्राउण्ट सेटमा केही एक्सन सिक्वेन्सको सुटिङ गर्नेछन् । यो सुटिङ पछि मात्र अभिनेत्री कटरीना कैफ सेटमा उपस्थित हुनेछिन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : ४३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि