१६ माघ २०८२, शुक्रबार | January 30, 2026

पर्दामा कमब्याक गर्दै हिट बलिउड जोडी



काठमाडौं । सन् २०२२ मा बलिउडमा कैयौं नयाँ जोडीले फिल्मी पर्दामा आफ्नो अभिनयको जादु चलाउँदैछन् । तर यो वर्ष केही फरक के छ भने केही पुराना हिट जोडीले पनि पर्दामा कमव्याक गर्दैछन् ।

करीना कपूर खान र आमिर खानले ‘थ्री इडियट्स’ र ‘तलाश’ जस्ता फिल्ममा सँगै अभिनय गरे । अब यो जोडी अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चड्डा’मा स्क्रिन शेयर गर्दै दर्शकमाझ आउँदैछन् । फिल्म यसै वर्षको अप्रिल १४ मा रिलिज हुनेछ ।

अभिनेता अक्षय कुमार र अभिनेत्री भूमि पेडनेरकले सन् २०१७ मा सोसियल ड्रामा फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’मा सँगै काम गरे । यो जोडी पाँच वर्षपछि आनन्द एल रायको फिल्म ‘रक्षाबन्धन’मा देखिँदैछन् । फिल्म अगष्ट ११ मा रिलिज हुँदैछ ।

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सेननले सन् २०१९ को फिल्म ‘लुकाछिपी’मा रोमान्स गरेका थिए । यो जोडी फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् । जसको सुटिङ दिल्लीमा भइरहेको छ ।

अभिनेत्री कृति सेननले सन् २०१४ मा रिलिज डेब्यू फिल्म ‘हीरोपन्ती’मा अभिनेता टाइगर श्राफसँग रोमान्स गरेकी थिइन् । उनीहरुको केमेष्ट्रीलाई दर्शकले निकै मनपराएका थिए । अब यो जोडी ‘गणपथ’मा देखिँदैछन् ।

अभिनेता शाहरुख खान अभिनेत्री दीपिका पादुकोणको डेब्यू फिल्म ‘ओम शान्ति ओम’ मा उनको को–स्टार थिए । यो फिल्मपछि उनीहरुले ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’मा सहकार्य गरे । अब यो जोडी फिल्म ‘पठान’ मा देखिँदैछन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ४९ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र