५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कञ्चनपुरमा फेरि बढ्न थाले कोरोना सङ्क्रमित



कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । मङ्गलबारमात्रै १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ ।

कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन् । बाँकी सबै होमआइसोलेशनमा छन् । यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ । हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ । हालसम्म आठ हजार ८२३ जना निको भएका छन् ।

हालसम्म २०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । मङ्गलबारमात्रै सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको सङ्ख्या ४८२ रहेको छ । भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन् । नेपालबाट भारततर्फ जानेको सङ्ख्या ४३५ रहेको छ । सोही अवधिमा सीमानाका त्रिनगर हँुदै नेपाल फर्किएका यात्रुको सङ्ख्या ३०९ तथा भारततर्फ जानेको सङ्ख्या २५९ छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : ५३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान